धान रोपाईं २९.१९ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा धान रोपाईं २३.७६ प्रतिशत मात्र भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार यो वर्ष गत वर्षको तुलनामा २९.१९ प्रतिशतले धान रोपाईं कम भएको हो ।

 

गत आर्थिक वर्षको असार २२ सम्ममा ५२.९५ प्रतिशत धान रोपाईं भएको थियो । चालु आर्थिक वर्षमा उच्च पहाडी क्षेत्रमा सबैभन्दा बढि धान रोपाइ भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार हालसम्म उच्च पहाडमा ३४.६४ प्रतिशत धान रोपाईं भएको हो । गत आर्थिक वर्षको असार २२ सम्ममा ६१.६५ प्रतिशत धान रोपाईं भएको थियो ।

मध्य पहाडमा ३१.१५ प्रतिशत धान रोपाईं भएको पाइएको छ । गत आर्थिक वर्षको यही समयसम्ममा ५५.६१ प्रतिशत धान रोपाईं भएको थियो । यस्तै तराइमा यो पटक सबैभन्दा थोरै धान रोपाइ भएको छ । चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा तराइमा २०.६१ प्रतिशत मात्र धान रोपाईं भएको हो । गत आर्थिक वर्षको २२ गतेसम्ममा ५१.५८ प्रतिशत धान रोपाईं भएको तथ्यांकले देखाएको छ ।

 

कर्णाली प्रदेशमा सबैभन्दा बढि धान रोपाईं
प्रदेश अनुसार तुलना गर्ने हो भने चालु आर्थिक वर्षमा सबैभन्दा बढि धान रोपाई कर्णाली प्रदेशमै भएको तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशमा ५१.४२ प्रतिशत धान रोपाईं भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा ६५.८८ प्रतिशत धान रोपाईं भएको थियो । यस्तै सुदुर पश्चिम प्रदेशमा चालु आर्थिक वर्षको असार २२ सम्ममा ४४.४१ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष उक्त क्षेत्रमा ८९ प्रतिशत धान रोपाईं भएको थियो ।

 

यस्तै प्रदेश ५ मा चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा २९.५१ प्रतिशत मात्र धान रोपाइ भएको छ । गत आर्थिक वर्षको असार २२ सम्ममा ५६.१८ प्रतिशत धान रोपाईं भएको थियो ।

 

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको असार २२ सम्ममा २८.५३ प्रतिशत धान रोपाईं भएको छ । गत आर्थिक वर्षको यही समयसम्ममा उक्त क्षेत्रमा ७२.२५ प्रतिशत धान रोपाईं भएको थियो ।

 

प्रदेश नम्बर ३ मा चालु आर्थिक वर्षको असार २२ गतेभित्र २०.९९ प्रतिशत धान रोपाईं भएको छ । गत आर्थिक वर्षको यही समयमा ४६.९३ प्रतिशत धान रोपाईं भएको थियो ।

 

प्रदेश १ मा चालु आर्थिक वर्षको असार २२ गतेसम्ममा १८.४५ प्रतिशत धान रोपाईं भएको छ । गत आर्थिक वर्षको असार २२ गतेसम्ममा सो क्षत्रमा ४१.५९ प्रतिशत धान रोपाईं भएको थियो ।

 

यस्तै चालु आर्थिक वर्षमा सबैभन्दा कम धान उत्पादन प्रदेश २ मा भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार चालु आवको असार २२ गतेसम्ममा १०.२५ प्रतिशत धान रोपाईं भएको छ । गत आर्थिक वर्षको असार २२ गतेसम्ममा सो क्षेत्रमा ५३.५७ प्रतिशत धान रोपाईं भएको थियो ।

घरेलु फोहरको व्यवस्थापनबाट ‘होम बायोग्याँस’ Read Previous

घरेलु फोहरको व्यवस्थापनबाट ‘होम बायोग्याँस’

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र Read Next

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र