काठमाडौं । नेप्सेमा भीषण पहिरो गएको छ । कारोबार शुरु भएको करीब २ घण्टामै ५ प्रतिशतले घटेपछि सर्किट ब्रोक लागेको छ ।
नेप्सेको नियम अनुसार कारोबारको पहिलो २ घण्टामा सूचक ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार रोकिएको छ ।
कारोबार खुलेको १ घण्टा ४६ मिनेट अर्थात १२ बजेर ४६ मिनेट जाँदा नेप्से सूचक ७९.५७ अंकले घटेको छ।
गतहप्ता करीब २०० अंकले बढेको सेयर बजारमा ये साताको पहिलो दिन आइतबार करिब ४० अंकले घटेको थियो ।