विश्व अर्थतन्त्र ऋणको भुमरीमा फसेका बेला कोरोनाको आक्रमण, आर्थिक मन्दीको त्रास

महामारी फैलने कुनै राम्रो समय त हुँदैन तर, अहिलेको बिश्व जुन आर्थिक अवस्थामा छ, त्यो अत्यन्तै प्रतिकुल छ, फैलदों महामारीको सामना गर्नका लागि । सन्दर्भ कोरोना भाइरसको हो ।

 

अहिले बिश्वको ऋण  कुल ग्राहस्थ उत्पादनको (जीडीपी) ३२२ प्रतिशत रहेको छ, सन् २०१९ को तेस्रो त्रैमाससम्म । विकसित देशहरुमा यो झण्डै जीडीपीको ३८३ प्रतिशत रहेको छ ।

 

कमजोर वित्तिय अवस्था र घट्दो व्याजदरले सन् २०२० सम्म यो ऋणको आकार २५७ ट्रिलियन डलर पुग्ने अनुमान छ । यस्तो अवस्थामा कुनै पनि किसिमको आर्थिक मन्दीले धेरै नोक्सान पुर्याउन सक्छ, सुख्खा मौसममा डढेलो लागे जसरी । व्याजदर न्युन छ भन्ने कुराले पनि खासै अर्थ राख्दैन । ऋण तिर्न नगद प्रवाह नै नभएपछि के को न्युन व्याजदर ?

 

यता अमेरिकी राष्ट्रपति ट्रम्प भने केही पनि नभए झैं भान पार्न र सेयर बजारलाई घट्न नदिन नाटक गरेर बसेका छन् । महामारीसँग लड्ने उनी र उनको प्रशासनको क्षमता पनि उजागर भैसकेको कुरा हो ।

 

अमेरिकीहरुको हाल १४.५ ट्रिलियन डलर ऋण (घरायसी ऋण) रहेको छ । यो भनेको सन् २००८ को विश्वव्यापी मन्दीको बेलामा भन्दा १.५ ट्रिलियन डलरले बढि हो । यस्ता ऋणहरु मुख्यत घर, पढाइ र अटो सम्बन्धी छन् ।

 

यसको मतलब आर्थिक सुस्तता आएर मानिसहरुको काम गर्ने समय घट्ने वित्तिकै ऋण तिर्न गाह्रो पर्न थालिहाल्छ । हामीलाई थाहा छ की कोरोना भाइरसले अहिले नै धेरै उत्पादनहरुको मुल्य श्रंखलाहरुमा धेरै असर पारिसकेको छ । कुनै पनि कारखाना बन्द हुने वित्तिकै कामदारहरुको काम गर्ने समय घटिहाल्छ । त्यसपछि उनीहरुले ऋण कसरी तिर्ने ?

 

अमेरिकारको कर्पोरेट क्षेत्रलाई पनि यो बढ्दो ऋण र जीडीपीको अनुपातले धेरै असर पार्ने देखिन्छ । व्यवसायीक ऋण र जीडीपीको अनुपात पनि बढिरहेको नै छ । यसले धेरै कम्पनीहरुलाई जोखिमको संघारमा उभ्याइदिएको छ ।

 

यस्तो समयमा कोरोना भाइरसले अर्थतन्त्रको धेरै पाटोहरुमा हिर्काउन थालिसकेको छ । ट्रम्प आफ्नो कार्यकालमा अमेरिकामा उत्पादन क्षेत्र मौलाउन थालेको बताउँछन् । तर, वास्तवमा यस्तो केही भएको छैन । यो वर्षको जनवरी महिनामा केही बृद्धि हुने संकेत देखिएको थियो तर कोरोनाले फेरी शिथिल बनाइदिएको छ ।

 

किनभने अमेरिकाको उत्पादन क्षेत्रले करिब २० प्रतिशत कच्चा पर्दाथको आयात चीनबाट नै गर्ने गर्छन् । यो कच्चा पदार्थ आयातको श्रंखलामा असर पर्ने वित्तिकै उतपदन क्षेत्रले धक्का खाइहाल्छ ।

 

उदाहरणको लागि अटो क्षेत्रलाई लिन सकिन्छ । जापानमा आएको सन् २०११ को सुनामी पश्चात अमेरिकी अटो क्षेत्र उठ्न ८ महिना लागेको थियो । त्यो बेला अमेरिकी अटो उत्पादनमा ६० प्रतिशतको गिरावट आएको थियो । कुनै कुनै क्षेत्रलाई धक्का खाएपछि फेरी उठ्न लामो समय लाग्छ । अटो क्षेत्र त्यस्तै क्षेत्र हो ।

 

अहिले अमरिकाको यो क्षेत्रमा १० लाख मानिसहरु काम गर्छन् । यदि यो क्षेत्र सम्बन्धित मुल्य श्रंखलामा कोरोना भाइरसका कारण गडबडी भएको खण्डमा यी मानिसहरुले आफ्नो घरेलु ऋणको व्यवस्थापन कसरी गर्लान् ?

 

तर, यस्ता विषयले राष्ट्रपति ट्रम्पको ध्यान खिच्न सकेको छैन । उनी चीन सँग गर्न लागेको अर्को व्यापारीक सम्झौता नभाँडियोस भनेर कोरोना भाइरस र त्यसको प्रभावबारे बोल्न चाहिरहेका छैनन् । यसका लागि तयारी गर्नुभन्दा पनि उनी सेयर बजारमा गिरावट नआओस भनेर कृतिम ढंगले प्रस्तुत भइरहेका छन् ।

 

उनका प्रशासनका मानिसहरु कोरोना भाइरसको प्रभाव न्युनिकरण गर्दै र यो सँधै नचल्ने बताउँदै मानिसहरुलाई सेयर हाल सस्तो भएको र किन्ने उपयुक्त समय आएको भनेर उक्साइरहेका छन् । तर, यसले काम भने गरेको छैन । सेयर बजार निरन्तर घटिरहेको छ ।

 

प्रशासनले केही तदारुकता देखाए पनि, जुन अहिलेसम्म देखाएको छैन, कुराहरु तत्कालका लागि केही स्थिर होलान् की भन्ने हो । कोरोना भाइरसले अर्थतन्त्रमा दिर्घकालिन प्रभाव पार्न शुरु गरिसकेको छ । कर्पोरेट कमाइ उल्लेखनिय ढंगले घट्छ भनेर बजारले बुझिसकेको अवस्था छ । र, मानिसहरुले आंकलन गर्न थालिसेका छन् की कसको वासलात कस्तो देखिने छ निकट भविष्यमा भनेर ।

बिजुली बजारको आर्क ब्रिजमा आकर्षक बत्ती जडान गरिने Read Previous

बिजुली बजारको आर्क ब्रिजमा आकर्षक बत्ती जडान गरिने

निगमको नारितामा व्यावसायिक उडान शुरु Read Next

निगमको नारितामा व्यावसायिक उडान शुरु