काठमाडौं। एनआइसी एसियाले चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तिय बिवरण सार्वजनिक गरेको छ । बिवरणका अनुसार बैंकले खुद नाफा ३३ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष सोहि अवधिसम्म १ अर्ब ५१ करोड रुपैयाँ कमाएको बैंकले चालु आर्थिक वर्षमा २ अर्ब १ करोड रुपैयाँ कमाएको हो । बैंकले सञ्चालन नाफामा पनि ३६ प्रतिशतले बढोत्तरी गरेको छ ।
बैंकले कर्जा परिचालन १५ अर्ब रुपैयाँले बढाएर १ खर्ब ६५ अर्ब पुर्याएको छ भने निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढाएर १ खर्ब ८६ अर्ब ।
बैंकले कुल कर्जा परिचालनको ७२ प्रतिशत खुद्रा ऋण रहेको जनाएको छ । यसको मतलब बैंकमा जोखिम कम रहेको छ ।
बैंकले प्रति सेयर आम्दानी २१ प्रतिशतले बढाउँदै ४१.६१ रुपैयाँ पुर्याएको छ ।