एसएमएस आएपछि मात्रै लाइसेन्स लिन आउन विभागकाे आग्रह

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएस आएपछि मात्रै कार्यालयमा लिन आउन भनेको छ ।

कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै सेवाग्राहीलाई यस्तो आग्रह गरेको हो । हाल केही सेवाग्राही एमसएमएस नआई पनि कार्यालयमा लाइसेन्स बारे बुझ्न आउने गरेको भन्दै विभागले एसएमएस प्राप्त भएपछि मात्र आउन भनेको हो ।

लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने गरेको बताएको छ । यी माध्यमबाट सूचना तथा जानकारी लिएर मात्र सम्बन्धित यातायात कार्यालय जान विभागले आग्रह गरेको हो ।

अहिले लाइसेन्स अनुमतिपत्र जारी गर्ने, नवीकरण तथा रद्द गर्ने अधिकार प्रदेश कार्यालयसँग भए पनि लाइसेन्स छपाइको काम भने विभाले नै गर्दै आएको छ । जसकारण लाखौं लाइसेन्स छाप्न बाँकी छ भने लाइसेन्स पाउन वर्षदिनसम्म कुनुपर्ने बाध्यता छ ।

विभागले प्रदेश सरकार मातहत कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन भएपछि सम्बन्धित परीक्षार्थीले परीक्षा उत्तीर्ण गरेपछि त्यसको विवरण नागरिक एप तथा विभागको वेबसाइटमा देखिने गरी प्रणालीमा आबद्धता समेत हुने गरेको जनाएको छ ।

बजेटबारे १६ मन्त्रालयसँग छलफल सम्पन्न, 'अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा' Read Previous

बजेटबारे १६ मन्त्रालयसँग छलफल सम्पन्न, 'अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा'

नेपालको जलविद्युतमा लगानी गर्न भारतका ठूला कम्पनी तयार Read Next

नेपालको जलविद्युतमा लगानी गर्न भारतका ठूला कम्पनी तयार