ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (चैत १५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।

बैंकले गत आवको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद गरी कुल ६.०५२७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न बैंकले चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको होटल पिस प्यालेस, हरिशंकर रोड, बाग्लुङ्ग नगरपालिका २ मा बिहान ११ बजे सुरु हुनेछ ।

त्यस्तै, बैंकले सभामा हाल कायम चुक्ता पूँजी ११०.७१ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह Read Previous

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन Read Next

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन