काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार एकैदिन ५८ अंकले घटेको नेप्से आज ३९ अंकले बढेको हो ।
बुधबार नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ बिन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्बले घटेर ४ अर्ब २० करोड रुपैयाँमा सीमित भएकाे छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । अन्य समूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक २.०६ प्रतिशतले बढेको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ४१ करोड ८६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ३१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये २३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मात्रै मूल्य घटेको छ ।
आज माउन्टेन हाइड्रोको सेयर मूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ । त्यस्तै, श्वेतगंगा हाइड्रोपावर र मनकामना इन्जिनियरिङका सेयरधनीले पनि ५ प्रतिशत कमाएका छन् ।