निगमले ३ महिनापछि सुरू गर्यो भोजपुर उडान

टक्सार (भोजपुर) । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरू भएको छ ।

गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरू गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिए। उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।

विसं २०३५ देखि उडान सुरू भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । ५४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौं रेफर गरिएका बिरामी र यात्रुहरू मारमा परेका थिए ।

निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ । रासस

नेपाली प्लाइउडमा भारतकाे अघोषित नाकाबन्दी, दुई सातादेखि नाकामै रोक्यो ३४ ट्रक Read Previous

नेपाली प्लाइउडमा भारतकाे अघोषित नाकाबन्दी, दुई सातादेखि नाकामै रोक्यो ३४ ट्रक

आइएमई ग्रुपले संचालनमा ल्यायो टेक्निकल स्कुल, वार्षिक १० हजार जनशक्ति उत्पादन गर्ने Read Next

आइएमई ग्रुपले संचालनमा ल्यायो टेक्निकल स्कुल, वार्षिक १० हजार जनशक्ति उत्पादन गर्ने