काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ)मा नारद लुँइटेल नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जना मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको थियो ।
चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए । प्रतिस्पर्धीलाई पछि पार्दै लुइँटेलले नेप्सेको सीईओमा बाजी मारेका हुन् ।
लुइँटेलले यसअघि तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म नेतृत्व गरेका थिए ।