काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार साइन रेसुंगा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट र मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा साइन रेसुंगाको ३ प्रतिशत (१४ लाख २० हजार १०७.२९ कित्ता), सर्वोत्तमको ७ प्रतिशत (३२ लाख ५५ हजार कित्ता) र मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत (९ लाख ९० हजार कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।