काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एप्पल सेक्युरिटिज प्रा.लि.(ब्रोकर नं. १०१ ) लाई कारबाही गरेको छ ।
तोकिएको समय अवधिभित्र राफसाफ तथा फछ्र्यौट नगरेको भन्दै नेप्सेले एप्पललाई कारबाही गरेको हो ।
एप्पललाई ३ कार्यदिनका लागि निलम्बन गरिएको नेप्सेले सोमबार सूचनामार्फत जानकारी गराएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको पत्रका आधारमा उक्त ब्रोकरलाई निलम्बन गरिएको नेप्सेको भनाइ छ ।
हालको व्यवस्था अनुसार सेयर कारोबार सम्पन्न भएको ३ दिनभित्र हिसाब राफसाफ भइसक्नुपर्छ । तर, एप्पलले राफसाफमा ढिलाइ गरेको पाइएपछि कारबाही गरिएको हो ।