रोकिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन गिरावट आएको छ । गत आइतबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेकाे हो । गत साता ६६ अंकले घटेको नेप्से आज एकैदिन ५३ अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ बिन्दुमा आइपुगेको छ । आज ६ अर्ब ३२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.९८ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ६ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको दोस्रो धेरै ३५ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २३० कम्पनीको मूल्य घटेको छ ।

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक २.६८ प्रतिशतले बढेको छ । मिथिला लघुवित्तको सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

भूगोल इनर्जीको ७.२७ प्रतिशत, सयपत्री हाइड्रोपावर ६.४८ प्रतिशत, माया खोला, अपर सोलु हाइड्रोपावरको सेयर मूल्य साढ ५ प्रतिशतले घटेको छ ।

'बीमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ' Read Previous

'बीमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ'

सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत Read Next

सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वीकृत