
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बिहीबार लक्ष्मी सनराइज बैंक, विन्ध्याबासिनी हाइड्रोपावर र साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत (१ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता), विन्ध्याबासिनी हाइड्रोपावरको ७.६ प्रतिशत (७ लाख ९८ हजार कित्ता) र साना किसान लघुवित्तको १३.३० प्रतिशत (५० लाख ६२ हजार ४७७.१५२ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।
तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।