सानिमा जीआइसी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (चैत ८ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न इन्स्योरेन्सले चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा नेपाल सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै, कम्पनीले सभामा यसअघि प्रस्ताव गरेको २७ प्रतिशत हकप्रद सेयर संशोधन गरी अब १७ प्रतिशत मात्र जारी गर्ने विशेष प्रस्ताव पनि लैजाने भएको छ ।

स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका यस्ता ४ विकल्प Read Previous

स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका यस्ता ४ विकल्प

पोखरा र चीनका पर्यटन व्यवसायी बीच व्यावसायिक साझेदारी, उडानलाई नियमित बनाउन प्रयास   Read Next

पोखरा र चीनका पर्यटन व्यवसायी बीच व्यावसायिक साझेदारी, उडानलाई नियमित बनाउन प्रयास