काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । यस साता आइतबारदेखि नै ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेका हो । ४ दिनमा नेप्से ५४ अंकले घटेको छ ।
बुधबार नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७८ करोडले बढेर ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूह मध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.५४ प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक २९ करोड ६७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको दोस्रो धेरै २३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा आज मिथिला लघुवित्तका सेयरधनीले सर्वाधिक ९.३९ प्रतिशत कमाएका छन् भने सामुदायिक लघुवित्तका सेयरधनीले ९.२० प्रतिशत गुमाएका छन् ।