
काठमाडौं । सन नेपाल लाइप इन्स्यारेन्सले हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बरबरा हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
सन नेपालले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम् ५ अर्ब चुक्ता पूँजी पुर्याउन हकप्रद जारी गर्ने भएको हो ।
हाल ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि ५ अर्ब २ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।