नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट, को-को छानिए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ ।

नेप्सेको सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जना मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो ।

समितिका अनुसार सर्टलिस्टमा पर्नेहरुमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।

सर्टलिस्टमा परेकाहरुलाई चैत ६ गते बिहान ७ बजे व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको लागि बोलाइएको छ ।

समितिले अब प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा ३ जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सिफारिस भएका मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नेप्सेको सीईओमा नियुक्त गर्नेछ ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से नेतृत्वविहीन छ ।

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन

अझै लयमा फर्किन सकेन घरजग्गा कारोबार, राजस्व भने बढ्यो Read Next

अझै लयमा फर्किन सकेन घरजग्गा कारोबार, राजस्व भने बढ्यो