काठमाडौं-नगरकोट सिधा बस सेवा सुरू

काठमाडौं । पर्यटकीय गन्तव्य नगरकोटदेखि काठमाडौंसम्म सिधा बस सेवा सुरु भएको छ । शुक्रबार चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोट-काठमाडौं बस सेवाको शुभारम्भ गरेका हुन् ।

नगरकोट भ्रमण वर्ष-२०८२ को पूर्वसन्ध्यानमा भक्तपुरको उत्तरपूर्वी यातायात प्रालि र ख्वप भक्तपुर मिनिबस यातायात प्रालिको संयुक्त रुपमा काठमाडौं रत्नपार्क-नगरकोट सिधा बस सेवा संचालनमा ल्याएका हुन् ।

यसअघि काठमाडौंबाट नगरकोट जान दुई वटा बस चढ्नुपर्ने अवस्था थियो । रत्नपार्कबाट कमलविनायकसम्म एउटा र कमलविनायकबाट नगरकोटसम्म अर्को बस चढ्नुपर्दथ्यो ।

काठमाडौं-नगरकोट रुटमा ६ वटा बस संचालन हुनेछन् । ती बस हरेक १ घण्टाको अन्तरमा संचालन हुनेछन् ।

बस सेवाको उद्घाटन गर्दै नगर प्रमुख जीवन खत्रीले नगरकोटबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन गर्न प्रयासले सार्थकता पाएको बताए । सिधा बस सेवाले काठमाडौंबाट नगरकोट आउन जान निकै सहज हुने उनको भनाइ छ ।

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी Read Previous

माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी

दर्ता गरेर स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने Read Next

दर्ता गरेर स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने