काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका सेवाहरू अवरुद्ध भएका छन् ।
सीडीएसले सूचना जारी गर्दै शुक्रबार ३ः३० बजेदेखि सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।
मेरो सेयर, सी-आस्वा, सी-केवाइसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरूमध्ये एक सर्भरमा प्राविधिक समस्या देखिएको छ ।
तत्कालै मेमोरी रेप्लेसमेन्ट गर्नुपर्ने भएको हुँदा संस्थाका सेवाहरू केही अवधिका लागि अवरुद्ध भएको सीडीएसले जनाएको छ ।