काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिस अनुसार डा. शर्मालाई उक्त पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी छन् । उनी वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले यसअघि नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा आयोगको मापदण्ड प्रत्यायन निर्देशनालयको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।