अरुण तेस्रोको प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरू, ५३ करोड रुपैयाँ बाडिँदै

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छुट मुआब्जा वितरण पुनः सुरू गरिएको छ ।

आवश्यक रकम अभावमा मुआब्जा वितरण रोकिएकामा सतलज जलविद्युत् निगम (एसएपीडीसी) बाट रकम प्राप्त भएपछि पुनः वितरण सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए ।

उनले आयोजनाको विकासकर्ता कम्पनी एसएपीडीसीले छुट मुआब्जा बापतको ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएपछि वितरण सुरू भएको बताए ।

यसअघि छ्याङकुटी-दिदिङ सडक खण्डअन्तर्गत ४५४ रोपनी जग्गाको छुट मुआब्जा वितरण गर्न सर्वोच्च अदालतले पुस १७ गते आदेश दिएको थियो ।

त्यसै आधारमा छुट मुआब्जा बापत ५३ करोड रुपैयाँ आवश्यक पर्नेमा यसअघि २५ करोड रुपैयाँ मात्र प्राप्त भएको जनाइएको थियो । सो रकम प्रवेशमार्गका पीडितमध्ये ६० परिवारलाई वितरण गरिसकिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । रासस

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

सवारीसाधनको विद्युतीय अभिलेख राख्न सुरू, अब ब्लूबुक बोक्नु नपर्ने Read Next

सवारीसाधनको विद्युतीय अभिलेख राख्न सुरू, अब ब्लूबुक बोक्नु नपर्ने