शोधनान्तर स्थिति झण्डै ३ खर्ब बचतमा, चालु खातामा १६६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (माघसम्म) शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्म शोधान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।

गत वर्ष यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोड बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोड डलरले बचतमा रहेको छ ।

यस अवधिमा चालु खाता पनि १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।

विदेशी मुद्रा संचिति हालसम्मकै धेरै, १४ महिनाको आयात धान्ने Read Previous

विदेशी मुद्रा संचिति हालसम्मकै धेरै, १४ महिनाको आयात धान्ने

पोखरा-मुग्लिन सडकको पश्चिमखण्डको ४३% काम सकियो, २९ किमी कालोपत्र सम्पन्न Read Next

पोखरा-मुग्लिन सडकको पश्चिमखण्डको ४३% काम सकियो, २९ किमी कालोपत्र सम्पन्न