नेप्सेमा लगातार छैटौं दिन गिरावट, पुनर्बीमा कम्पनीको उच्च कारोबार

काठमाडौं । सेयर बजारमा लगातार छैटौं दिन गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । ६ दिनमा नेप्से १३८ अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै २ अर्बले घटेर ८ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये अन्य बाहेक अरु सबैको परिसूचकमा गिरावट आएको छ । म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ७३ करोड ५० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै ७३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ४४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १९१ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा आज नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले सर्वाधिक ९.९८ प्रतिशत कमाएका छन् भने उपकार लघुवित्तका सेयरधनीले ६.९८ प्रतिशत गुमाएका छन् ।

पाँच जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग Read Previous

पाँच जलविद्युत् आयोजनालाई रघुगङ्गावासीको ३१ बुँदे माग

आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा, निजी क्षेत्रका १० संगठनसँग सम्झौता Read Next

आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा, निजी क्षेत्रका १० संगठनसँग सम्झौता