नेप्सेको सीईओका लागि १० जनाले दिए आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि १० जनाले आवेदन दिएका छन् ।

नेप्सेको सीईओका लागि आवेदन दिने अन्तिम दिन आइतबार ५ बजेसम्म १० जनाले दरखास्त दिएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार नेप्सेको सीईको लागि इलामका पूर्ण प्रसाद आचार्य, नुवाकोटका बद्री प्याकुरेल, सर्लाहीका नारदकुमार खतिवडा, झापाका युवराज दाहाल, चुडामणी चापागाई, काभ्रेका प्रविण अधिकारी, सिराहका बिमल तिवारी, पाल्पाका कृष्णबहादुर कार्की र हेमन्त बस्याल तथा डडेल्धुराका मुकुन्दराज जोशीले आवेदन दिएका हुन् ।

आवेदन दिएका मध्येबाट अब प्रस्तुति तथा अन्तर्वार्ताका आधारमा ३ जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सिफारिस भएका मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई नेप्सेको सीईओमा नियुक्त गर्नेछ ।

कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै माघ २५ गतेदेखि नेप्से नेतृत्वविहीन छ ।

नेप्सेमा दुई कम्पनी हकप्रद र बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा दुई कम्पनी हकप्रद र बोनस सेयर सूचीकृत

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन Read Next

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन