नेप्सेमा दुई कम्पनी हकप्रद र बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आइतबार एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर र नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा एनएलजीको ६२.५६ प्रतिशत (९६ लाख ३१ हजार २२०.२२ कित्ता) हकप्रद सेयर र नेपाल ल्युब आयलको २० प्रतिशत (१ लाख २१ हजार ४३७.८० कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

खर्च धान्न नसकेपछि तारा एयरले बन्द गर्‍यो तीन जिल्लामा उडान Read Previous

खर्च धान्न नसकेपछि तारा एयरले बन्द गर्‍यो तीन जिल्लामा उडान

नेप्सेको सीईओका लागि १० जनाले दिए आवेदन Read Next

नेप्सेको सीईओका लागि १० जनाले दिए आवेदन