काठमाडौं । सिराहा भन्सार कार्यालय, महोत्तरीले ५०९ युनिट स्सवारीसाधन (दुईपाँग्रे/तीनपाँग्रे/चारपाँग्रे) लिलामीमार्फत बिक्री गर्ने भएको छ ।
भन्सार कार्यालयले विभिन्न समयमा चोरी पैठारी, कर छली गरेर ल्याउने क्रममा जफत गरेका दर्ता हुने/नहुने पत्रु सवारी साधनहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्न लागेको हो ।
कार्यालयले प्रयोग गर्न मिल्ने १४४ थान (११८ मोटरसाइकल तथा स्कुटर र २६ वटा तीनपाङ्ग्रे तथा चारपाङग्रे) सवारी साधन लिलामीम ल्याएको हो । त्यस्तै, प्रयोग गर्न नमिल्ने (कवाडी-स्क्रयाप गर्नुपर्ने) ३६५ थान (३३९ थान मोटरसाइकल र २६ थान जिप, कार, पिकअप, र तीनपाँग्रे) सवारी साधन पनि लिलामी ल्याएको हो ।
उक्त सवारी खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले आजको २१ दिनभित्र आफूले लिन चाहेको सवारीसाधन र मूल्य तोकी गोप्य शिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ । साथै, आफूले कबोल गरेको रकमको न्यूनतम १० प्रतिशत रकम राष्ट्रिय वाणिज्य बैंक, सिरहामा जम्मा गरी सोको सक्कल भौचर बोलपत्र फाराममा पेश गर्नुपर्नेछ ।
भन्सारले दुईपाँग्रे सवारीसाधनको मूल्य मोडल अनुसार न्यूनतम ९ हजार ३३४ रुपैयाँदेखि तोकेको छ । त्यस्तै चारपाँग्रेको न्यूनतम मूल्य ५ लाख रुपैयाँ तोकेको छ ।