दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय झा र खनाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई एमडीएमएस खरिद मुद्दामा भ्रष्टाचारी ठहर गरेको हो ।

एमडीएमएस खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० पुसमा अध्यक्षद्धय सहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अध्यक्षद्धय दोषी ठहर भएका हुन् भने अरु कर्मचारीले सफाइ पाएका छन् ।

विशेष अदालतले अध्यक्षद्धयलाई समान १३ महिना कैद र ५ करोड ८० लाख रुपैयाँ जरिवाना तोकेको छ ।

अख्तियारले उनीहरूको मिलेमतोमा भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो । अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको थियो ।

तर, विशेष अदालतले भुक्तानी भएको रकमलाई मात्रै बिगो कायम गरी २३ करोड २० लाख ५९ हजार ३१४ मात्रै भ्रष्टाचार भएको ठहर गरेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रका बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो Read Previous

हेटौंडा औद्योगिक क्षेत्रका बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो

पनौती नगरपालिकाले बन्द गरायो तीन खानी तथा क्रसर उद्योग बन्द Read Next

पनौती नगरपालिकाले बन्द गरायो तीन खानी तथा क्रसर उद्योग बन्द