काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा माइ हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बिहीबार कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।