नेप्सेमा लगातार चौथो दिन गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिने गिरावट आएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । ४ दिनमा नेप्से ७१ अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा आइपुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८७ करोड रुपैयाँले घटेर १० अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूह मध्ये ४ समूहको परिसूचक बढेको छ भने ९ को घटेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक १.८६ प्रतिशतले बढेको छ भने अन्य समूह ०.७१ प्रतिशतले घटेको छ ।

आज पनि पुनर्बीमा कम्पनीहरूको सेयरमा उच्च आकर्षण देखिएको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको दोस्रो धेरै १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्टका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज गुँरास लघुवित्तका सेयरधनीले सर्वाधिक ७.६० प्रतिशत गुमाएका छन् ।

आइएमई ग्रुपले २ अर्बमा संचालनमा ल्यायो कागज उद्योग, दैनिक ७५ टन उत्पादन Read Previous

आइएमई ग्रुपले २ अर्बमा संचालनमा ल्यायो कागज उद्योग, दैनिक ७५ टन उत्पादन

निगमको जहाज बिग्रिएपछि साढे २ महिनादेखि हवाई सेवा बन्द Read Next

निगमको जहाज बिग्रिएपछि साढे २ महिनादेखि हवाई सेवा बन्द