राप्रपाको र्‍यालीले काठमाडौं ट्राफिक अस्तव्यस्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको मोटरसाइकल र्‍यालीका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

राजसंस्था पुनःस्थापनासहित विभिन्न माग राख्दै राप्रपाले अहिले बबरमहलदेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गरेकाे हाे । जसकारण बबरबहल, शहीदगेट, सुन्धरा, रत्नपार्क, जमल लगायत क्षेत्रमा सवारी आवगमन अस्तव्यवस्त भएको छ ।

मुख्य सडकमा जाम भएपछि धोवीखोला, बागमती लगायत करिडोरमा पनि सवारी चाप बढेको छ । लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरु मर्कामा परेका छन् भने ट्राफिक प्रहरीहरुलाई व्यवस्थापन गर्न हैरानी भएको छ ।

काठमाडौंको कोटेश्वर, बसुन्धारा, बालाजु, बौद्ध, सुकेधारा लगायत स्थानबाट सुरु भएको मोटरसाइकल र्याली बिजुलीबजारमा आएर मिसिएको थियो । त्यसपछि बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग हुँदै नारायणहिटी दरबार संग्रहालय अगाडि पुगेर सम्पन्न भएको थियो ।

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरू, अर्थमन्त्रीको १६ बुँदे निर्देशन Read Previous

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरू, अर्थमन्त्रीको १६ बुँदे निर्देशन

क्याथे प्यासिफिकले काठमाडौं-हङकङ दैनिक उडान गर्दै Read Next

क्याथे प्यासिफिकले काठमाडौं-हङकङ दैनिक उडान गर्दै