ग्यास उद्योगीको आन्दोलन स्थगित, प्रतिसिलिण्डर १२.७५ रुपैयाँ मूल्य बढाउने सहमति

काठमाडौं । ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरू बीचको बैठकमा ५ बुँदे सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

बैठकले ग्यास उद्योगहरूको बाह्य ढुवानी भाडा, आन्तरिक ढुजवानी भाडा, संचालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिण्डर १२.७५ रुपैयाँ मूल्य बढाउने सहमति भएको छ । तर, उक्त रकम उपभोक्तालाई भने नबढ्ने नेपाल आयल निगमले जनाइएको छ ।

त्यस्तै, ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ ।

त्यसैगरी, निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने, निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि  ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ ।

सरकारले यसअघि गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उद्योगीहरूले विभिन्न माग राख्दै फागुन १८ गतेदेखि दोस्रो चरणको आन्दोलन गरेका थिए ।

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री Read Previous

बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरौं : अर्थमन्त्री

स्वरोजगार लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन Read Next

स्वरोजगार लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन