गौतमबुद्ध विमानस्थलमा एक महिनामा ११५ उडान अवतरण

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा उक्त संख्यामा उडान अवतरण भएको हो ।

फेब्रुअरीमा उक्त विमानस्थलबाट ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । यसमध्ये फ्लाई दुबईबाट २ हजार ४०३, जजिरा एयरवेजबाट ३ हजार २६५ र थाई एयर एसियाबाट १ हजार ९७ यात्रुको आवागमन भएको थियो ।

त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए ।

विमानस्थलमा पछिल्लो समय नियमित उडान भइरहेको र यसले विमानस्थललाई चलायमान बनाएको महाप्रबन्धक तिवारीले बताए ।

१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युतको पहुँचमार्ग निर्माण सुरू, लागत ८ अर्ब Read Previous

१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युतको पहुँचमार्ग निर्माण सुरू, लागत ८ अर्ब

प्रतिफल दिने ठूला आयोजनामा बजेट केन्द्रित गर्न पूर्वअर्थ सचिवहरूको सुझाव Read Next

प्रतिफल दिने ठूला आयोजनामा बजेट केन्द्रित गर्न पूर्वअर्थ सचिवहरूको सुझाव