टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङमा आइपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपीओ जारी गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा टाइम फर्मास्युटिकल्सको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन लाल श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेशको नवलपुर जिल्ला, गैँडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स डब्लूएचओ जीएमपी प्रमाणित औषधि उत्पादक कम्पनी हो । यसकोे स्थापना १९९५ को अक्टोबरमा भएको थियो ।

टाइमले उच्च मूल्यको ठोस, अर्ध ठोस र तरल उत्पादनहरूको विविध पोर्टफोलियो विकास गरेको कम्पनीले जनाएको छ । कम्पनीले हाल विभिन्न थेराप्युटिक सेगमेन्टका २०० भन्दा बढी किसिमका औषधीहरू उत्पादन गर्दै आएको छ ।

पालिकाहरूले संघीय अनुदानमा देखाएनन् चासो, आवेदन दिने समय थप Read Previous

पालिकाहरूले संघीय अनुदानमा देखाएनन् चासो, आवेदन दिने समय थप

ठमेलमा खुल्यो 'रोयल थिम'सहित जी-रामायण होटल Read Next

ठमेलमा खुल्यो 'रोयल थिम'सहित जी-रामायण होटल