नेप्सेको सीईओ छान्न समिति गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् ।

निवर्तमान सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै हाल नेप्सेको सीईओ पद रिक्त छ ।

पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न सासंदहरूको माग, कसले के भने ? Read Previous

पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न सासंदहरूको माग, कसले के भने ?

फास्ट ट्रयाकको भौतिक प्रगति ३८ प्रतिशत पुग्यो, अझै सुल्झिएन खोकना जग्गा विवाद Read Next

फास्ट ट्रयाकको भौतिक प्रगति ३८ प्रतिशत पुग्यो, अझै सुल्झिएन खोकना जग्गा विवाद