नेप्सेमा शिवम् सिमेन्टसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बिहीबार शिवम् सिमेन्ट, कृषि विकास बैंक र फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा शिवम्को ८ प्रतिशत (४२ लाख ९८ हजार ८५ कित्ता), कृषि विकासको ३ प्रतिशत (४० लाख ३५ हजार ५०२.२२३४ कित्ता) र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत (११ लाख १० हजार ४४४.२१ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।

तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नवीकरणीय ऊर्जा कार्यक्रम २ वर्ष थप्न वेलायतलाई मन्त्रीको आग्रह Read Previous

नवीकरणीय ऊर्जा कार्यक्रम २ वर्ष थप्न वेलायतलाई मन्त्रीको आग्रह

'जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित Read Next

'जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित