विशाल बजारको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । विशाल बजार कम्पनीले घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधरण सभा प्रयोजनार्थ भोलि (फागुन ९ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको लाभांश पाउने छन् ।

कम्पनीले गत आवको नाफाबाट १४ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले फागुन २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह Read Previous

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह

सेयर बजारबाट हुने सरकारको आम्दानी चार गुणाले बढ्यो Read Next

सेयर बजारबाट हुने सरकारको आम्दानी चार गुणाले बढ्यो