नेको इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (कार्यालय समय)देखि हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

उक्त हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा नेको इन्स्योरेन्सको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू र मेरोसेयर मार्फत अनलाइन् आवेदन दिने सक्नेछन्

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘आइआरएन सिंगल ए प्लस इस्यूअर’ रेटिङ प्रदान दिएको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको जनाउँदछ ।

नेकोलो हकप्रद सेयर प्रयोजनाका लागि माघ १८ गते बुकक्लोज गरेको थियो। सो अनुसार माघ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

अब निगमको टिकट काट्दा जापान एयरलाइन्सबाट विश्वभर यात्रा गर्न सकिने Read Previous

अब निगमको टिकट काट्दा जापान एयरलाइन्सबाट विश्वभर यात्रा गर्न सकिने

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह Read Next

स्वाइन फिभरले १८ बङ्गुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह