काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले फागुन २७ गते ३१ औँ वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा अनमोल बैंक्वेट, शंखमूल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ८.७५ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
हिमालयनले सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।