पानीजहाज विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं । पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

राष्ट्रियसभाको आजको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राखेको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो ।

त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गरेका छन् ।

राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।

बीपी राजमार्ग सहित १३ सडक पुनःनिर्माण गर्न १९ अर्बको स्रोत सहमति Read Previous

बीपी राजमार्ग सहित १३ सडक पुनःनिर्माण गर्न १९ अर्बको स्रोत सहमति

भक्तपुरमा सडक अनुसार तोकियो सवारीकाे गति, रातिमा पनि राडार गनको प्रयोग Read Next

भक्तपुरमा सडक अनुसार तोकियो सवारीकाे गति, रातिमा पनि राडार गनको प्रयोग