नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । आइतबारदेखि लगातार दोहोरो अंकले बढेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साता ३ दिनमा नेप्से ५२ अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक १२.६८ अंकले बढेर २७४०.५९ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३९ करोड रुपैयाँले बढेर १० अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । अन्य समूहको परिसूचक सबैभन्दा धेरै ३.६८ प्रतिशतले बढेको छ भने विकास बैंक १.७४ प्रतिशतले घटेको छ ।

आज नेपाल हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ८२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

स्कुल बस दुर्घटना बढेपछि ट्राफिकले थाल्यो विशेष जाँच अभियान, ७८ युनिटलाई निर्देशन Read Previous

स्कुल बस दुर्घटना बढेपछि ट्राफिकले थाल्यो विशेष जाँच अभियान, ७८ युनिटलाई निर्देशन

सरकारले ७ महिनामा २९० अर्ब ऋण लियो, १८८ अर्ब तिर्यो Read Next

सरकारले ७ महिनामा २९० अर्ब ऋण लियो, १८८ अर्ब तिर्यो