लघुवित्त चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १९ अंकले बढेको नेप्से आज झण्डै ३० अंकले बढेको हो ।

सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५७ करोड रुपैयाँले बढेर १० अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । बैंक, लघुवित्त र अन्य समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ । अन्य समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३२ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीइडीबी होल्डिङस्को २७ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

हलेसीमा आगलागीबाट सवा ७ करोड बढीको क्षति, कारण ग्यास लिक Read Previous

हलेसीमा आगलागीबाट सवा ७ करोड बढीको क्षति, कारण ग्यास लिक

१ महिनामै साढे ४ हजार सवारी साधन दुर्घटनामा परे, ५५% मोटरसाइकल Read Next

१ महिनामै साढे ४ हजार सवारी साधन दुर्घटनामा परे, ५५% मोटरसाइकल