फाखेल-मातातीर्थ सडक चैत २१ गतेसम्म बन्द

बागमती । हेटौँडा-काठमाडौँ जोड्ने फाखेल-मातातीर्थ सडक आइतबारदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

सो सडकअन्तर्गत महालक्ष्मी दोभान-घट्टेखोला-चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ ।

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए ।

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’ Read Previous

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै आयात सुरू, प्राविधिक नोक्सानी शून्य हुने Read Next

पेट्रोल र मट्टीतेल पनि पाइपलाइनबाटै आयात सुरू, प्राविधिक नोक्सानी शून्य हुने