नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । गत साता २१ अंकले घटेको नेप्से यस साता पहिलो दिनमै १९ अंकले बढेको हो ।

आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६७८.४७ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्बले बढेर ९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूह बाहेक अरु सबैको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.९४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह १.१५ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३३ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीइडीबी होल्डिङस्को ३१ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज न्यादी हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

 

१३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप Read Previous

१३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप

हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन सम्झौता Read Next

हेमोफिलियाका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध गराउन सम्झौता