काठमाडौं । काठमाडौंबाट नुवाकोटको चिस्यान केन्द्रका लागि लैजाँदै गरिएको एमोनिया ग्यास गाडीमै लिक भएको छ ।
शुक्रबार काठमाडौंबाट त्रिशूली जानेक्रममा धादिङको धुनीबेँशी नगरपालिका-९ बाहुनडाँडामा पुग्दा गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो।
१७ सिलिण्डर बोकेको गाडीबाट ग्यास लिक भएपछि सुरक्षाका निम्ति त्रिभुवन र पृथ्वी दुवै तर्फको राजमार्ग बन्द गरिएको छ। बाटोमा ग्यास लिक भएपछि सुरक्षा जोखिमका आधामा सडक बन्द गरिएको हो ।
अहिले ग्यास बोकेको गाडी सुरक्षित स्थानमा राखेर बाटो सञ्चालनको तयारी गरिएको छ ।