काठमाडौं । सडक डिभिजन काठमाडौंले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई बबरमहलको सडक जस्ताकोतस्तै बनाइ दिन निर्देशन दिएको छ ।
सडक डिभिजनले केयूकेएललाई पत्र लेख्दै अरनिको राजमार्गको माइतीघर तीनकुने सडक खण्डको बबरमहलस्थित सर्भिस लेनमा क्षतिग्रस्त सडक पहिलाको जस्तै बनाइदिन भनेको हो ।
उक्त सडक खण्ड सामरिक तथा यातायात सञ्चालनको दृष्टिले अति संवेदनशील क्षेत्र रहेको भन्दै डिभिजन सडकले पाइप फुटेर जलमग्न हुन थालेपछि बन्द गर्न खबर गराए पनि लामो समयसम्म पानीको बहाब नरोकिएकोले थप क्षति हुन पुगेको जनाएको छ ।
बुधबार विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहलको सडक भासिएको थियो । पाइप मर्मतको काम आज सकिए पनि सडक निर्माण गर्न भने बाँकी छ ।
