काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । दिनभरमा २३ अंकको उतरचढाव आएको नेप्से अन्त्यमा ७ अंकले घटेर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ बिन्दुमा आइपुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८० करोड घटेर ७ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० समूहको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.८६ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.९० प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३४ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीइडीबी होल्डिङस्को २६ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त, कुमारी सबल योजना र पोखरा फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
आज न्यादी हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।