बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनले भने, ‘पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ ।’

विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।

पञ्चेश्वरको डीपीआर चाँडो टुंग्याउन भारत र नेपालका ऊर्जामन्त्री बीच छलफल Read Previous

पञ्चेश्वरको डीपीआर चाँडो टुंग्याउन भारत र नेपालका ऊर्जामन्त्री बीच छलफल

डाँडाखेतमा ‘सबस्टेशन’ निर्माण अन्तिम चरणमा, राहुघाटले गति लियो Read Next

डाँडाखेतमा ‘सबस्टेशन’ निर्माण अन्तिम चरणमा, राहुघाटले गति लियो