बबरमहलको मुख्य सडकमा बाढी आएपछि…

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको बबरमहलको मुख्य सडक डुबानमा परेको छ । नयाँ बानेश्वरबाट माइतिघरतर्फ आउने सकडमा पाइप फुटेर सडकमा बाढी आएको हो ।

काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुट्दा बबरमहलमा रहेको वन कार्यालय, जिल्ला अदालत र विशेष अदालतका भवन लगायतमा संरचना डुबानमा परेका छन् ।

सडकमा खोलो बगेपछि केही बेर सडक समेत अबरुद्ध भएको थियो । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएका छन् ।

नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्दा मुख्य वितरण प्रणालीकै पाइपमा क्षति र्पुयाएकाले मुख्य पाइप फुटेको बताइएको छ ।

नेप्से सूचक र कारोबार दुवै बढ्यो, ३ कम्पनीको मूल्यमा सर्किट Read Previous

नेप्से सूचक र कारोबार दुवै बढ्यो, ३ कम्पनीको मूल्यमा सर्किट

ग्यास व्यवसायीको आन्दोलन १५ दिनका लागि स्थगित Read Next

ग्यास व्यवसायीको आन्दोलन १५ दिनका लागि स्थगित