काठमाडौं । सिन्धु विकास बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंक संचालक समितिको माघ २९ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित साधरण सभा बोलाउने निर्णय गरेको हो ।
साथै प्रदेश स्तरको विकास बैंक बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव समेत राखेर साधारण सभा बोलाएको छ ।
बैंकको चौधौं र पन्ध्रौं साधारण सभा फागुन २८ गते बोलाइएको छ । बैंकको सभा काभ्रेको धुलिखेलस्थित होटल मिरावलमा बस्नेछ ।
बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुर्याउन हकप्रद सेयर जारी गर्न लागेको छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।
त्यस्तै, बैंकले उपयुक्त जोडी भेटेमा मर्जर तथा प्राप्तिमा जाने ढोका पनि खुलै राखेका छ । बैंकले साधरणसभामा मर्जर सम्बन्धी एजेन्डा पनि लैजाने भएको छ ।
बैंकले साधारण सभा प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज मिति तोकेको छ । सो अनुसार फागुन १४ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउने छन् ।