नेप्सेमा लगातार पाँचौं दिन गिरावट, यी ४ कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत मंगलबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हाे । पछिल्ला ५ दिनमा नेप्से ५१ अंकले घटेको छ ।

सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम सवा २ अर्बले घटेर ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य र व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा गिरावट आएको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशतले घटेको छ ।

आज नेपाल रिपब्लिक मिडियाको सर्वाधिक २४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सीइडीबी होल्डिङस्को १५ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ ।

घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्तका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

नेपाली वस्तु निर्यातमा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता Read Previous

नेपाली वस्तु निर्यातमा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता

बीपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत खाेज्दै सरकार, साढे ९ अर्ब लाग्ने Read Next

बीपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत खाेज्दै सरकार, साढे ९ अर्ब लाग्ने